+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राजेन्द्र राईलाई मुख्यमन्त्री कार्कीको जवाफ : तपाईंलाई एमालेमा स्वागत गर्न चाहन्छौं

अनलाइनखबर अनलाइनखबर
२०८० असार १५ गते १२:३९
वायाँबाट– राजेन्द्र राई र हिक्मत कुमार कार्की ।

१५ असार, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्व मुख्यमन्त्री राजेन्द्र राईलाई एमालेमा स्वागत गर्न तयार रहेको बताएका छन् ।

विश्वासको मत लिने कार्कीको प्रस्तावमाथि बिहीबार प्रदेशसभामा भएको छलफलमा भाग लिँदै एकीकृत समाजवादी संसदीय दलका नेता राईले पेल्न छाड्ने हो भने समर्थन मात्र होइन, पार्टी नै एकता गर्न चाहेको बताएका थिए ।

शुक्रबार जवाफ दिने क्रममा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले राईको नामै लिएर एमालेमा स्वागत गर्न तयार रहेको बताए । उनले भने, ‘एमाले निर्माणमा तपाईंको ठूलो भूमिका छ । विद्यार्थी आन्दोलनमा सँगसँगै कुटिएका छौं, जेल गएका छौं । अहिले पनि एमालेमा तपाईंको आवश्यकता छ ।’

एमालेमा काम गर्ने वातावरण बनाउन आफूले भूमिका खेल्ने उनले बताए । त्यसमा अवरोध भए सँगै लड्ने भन्दै उनले भने, ‘एमालेमा कसैलाई काखापाखा गर्न सम्भव छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?