+
+

एमालेको निष्कर्ष : प्रचण्डले प्रधानमन्त्री पदमा बस्ने आधार गुमाए

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १४:५५

२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदमा बसिरहने राजनीतिक र नैतिक अधिकार गुमाएको बताएको छ । साथै यो विषय संसदको बैठकमा गम्भीर रुपमा उठाउने निर्णय गरेको छ ।

आइतबार पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह बारम्बार दिल्ली गएको बताएका थिए । प्रधानमन्त्रीले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमालेले प्रतिनिधिसभाको बैठकअघि संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।

बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिले जनादेशको अपमान गरेको ठहर गरेको छ । ‘यो प्रधानमन्त्रीको निजी विषय होइन, देशको स्वाभिमानसँग जोडिएको विषय हो’ बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सचेतक महेश बर्तौलाले भने ‘संसदले बनाएको प्रधानमन्त्री स्वयंले कोही मान्छे उहाँलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको थियो भन्ने भाष्य स्थापित गरेर नेपालको प्रधानमन्त्री नेपालबाट होइन, दिल्लीबाट बन्दछ भन्ने के स्थापित गर्न खोजिँदैछ ?’

आफूलाई नेपालको संसदले होइन, दिल्लीले प्रधानमन्त्री बनाएको अर्थ लाग्ने प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य नभएको भन्दै उनले अगाडि भनेका छन्, ‘उहाँले राजनीतिक, नैतिक हिसाबले प्रधानमन्त्री पदमा बसिरहने आधार गुमाएको देख्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?