+

महिला भलिबलमा आर्मीमाथि एपीएफको प्रतिस्पर्धात्मक जित

२०८० असार  २४ गते १९:३२ २०८० असार २४ गते १९:३२
महिला भलिबलमा आर्मीमाथि एपीएफको प्रतिस्पर्धात्मक जित

२४ असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फको खेलमा एपीएफ विजयी भएको छ ।

एपीएफ महिला टिमले आर्मीमाथि ३–२ को प्रतिस्पर्धात्मक जित हात पारेको छ ।

सुरुवाती लगातार २ सेट जितेको एपीएफले पुन २ सेट हार्दा खेल पाँचौं सेटमा पुगेको थियो ।

एपीएफले आर्मीलाई ३०–२८, २५–२३, २०–२५, १९–२५ र १५–६ को सेटले जितेको हो ।

एपीएफले सोमबार गण्डकीसँग खेल्नेछ भने आर्मीले नेपाल पुलिसको सामना गर्ने छ ।

एनभीए क्लब भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय