+
+

संसदको अवरोध हटाउनेबारे ३ नेता आज पनि छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० असार २५ गते १२:५८
आइतबार तीन नेताबीच भएको छलफल ।

२५ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले जारी राखेको संसदको अवरोध खुलाउने विषयमा सोमबार पनि तीन शीर्ष नेताले छलफल गर्दैछन् ।

प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच सोमबार दिउँसो १ बजे सिंहदबारमा छलफल गर्ने तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

यसअघि आइतबार पनि तीन नेताबीच संसद खुलाउने विषयमा सहमति भएको थियो । तीन नेताबीच प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने र एमालेले संसदको अवरोध हटाउने सहमति भएको थियो । तर एमालेले पछि संसद खोल्न सहमति नरहेको भनेपछि प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको थियो ।

१८ असारमा प्रधानमन्त्री प्रचण्डले पुस्तक विमोचन समारोहमा भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गर्दै एमालेले राजीनामा माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?