+
+

क्लब ओम्नियाका सञ्चालकमाथि कुटपिट प्रकरणमा ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० असार २९ गते २१:४५

२९ असार, काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटका सानु भाइ भनिने युवराज गुरुङ, टोखाका विक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङ रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘मुख्य आरोपी गुरुङलाई पोखराबाट फेला गरिरहेका थियौं, थानकोटबाट नियन्त्रणमा लियौं । तीन जनालाई पहिल्यै समातिसकेका थियौं ।’

१५ असारमा क्लब बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरी कहाँ किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप छ ।

तर, पक्राउ परेकाहरुले शेयरसम्बन्धी विवाद रहेको खुलाएका छन् । ‘शेयरको विषयमा पनि कुरा नमिलेको सुनेको छु, तर अहिले स्पष्ट भइसकेको छैन’, कार्कीले भने, ‘अदालतबाट म्याद लिएर थप अनुसन्धान सुरु गर्छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?