+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेताहरुलाई रामहरिको प्रश्न : प्रतिपक्षले संसद कसरी हल्लाउँछन् देख्नु भएको छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ३ गते १६:३३

३ साउन, काठमाडौं । नेपाली कांग्रेसको संसदमा प्रस्तुति फितलो भएको भन्दै केन्द्रीय समिति बैठकमा चिन्ता व्यक्त गरिएको छ ।

केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले नेतृत्वमा रहेका मुख्य व्यक्तिहरु संसद कम जाने गरेको गुनासो गरे । ‘सभापति यदाकदा जाने गर्नुहुन्छ । उपसभापति दुई जना नै मन्त्री हुनुहुन्छ । महामन्त्री छिन छिनमा देखिनुहुन्छ, जानुहुन्छ,’ खतिवडाले भने, ‘प्रतिपक्षले संसद कसरी हल्लाउँछन् देख्नुभाछ?’

प्रत्येक दिन छलफल गरेर संसदमा जाने पार्टीको पद्धति हुने हो भने संसदमा दह्रो रुपमा प्रस्तुत हुन सकिने उनले बताए ।

कांग्रेस आफू आफू आरोप प्रत्यारोपमा लागेर कमजोर रहेको खतिवडाको ठम्याई छ । बैठकमा पार्टीमा देखिएको गलत प्रवृत्तिबारे खतिवडाले भने, ‘आफैभित्र चर्का कुरा गर्छौँ । गुटलाई प्रश्रय दिन्छौं । एकले अर्कोलाई आलोचना गरेर आफू महान बन्न खोज्छौं ।’

संस्थापनइतका नेता डा. शेखर कोइरालाले पार्टीभित्र सुझबुझपूर्ण राजनीति गरेको भन्दै खतिवडाले उनको प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?