+
+

कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ५ गते १२:५८

५ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन् ।

सुन तस्करी बारेको छानबिनमा सहयोग गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले राजीनामा दिनुपर्ने उनको माग छ ।

अर्थ मन्त्रालय मातहत रहेको राजस्व विभाग र गृह मन्त्रालय मातहतको सुरक्षा निकायले एक क्विन्टल सुन अवैध रुपमा भित्रिएको थाहा नपाउने भन्ने कुरै नहुने उनले बताए । उनले प्रधानमन्त्री मातहतको राष्ट्रिय अनुसन्धान विभागले सुन पक्रेकाे दाबी पनि गरे ।

‘प्रधानमन्त्री जीवनसाथीको निधनमा शोकमा हुनुहुन्छ । यही बेला सय किलो सुन अवैध रुपमा आयो । राजस्व विभाग अर्थमन्त्रालय अन्तर्गत पर्छ । सुरक्षा गृहमन्त्रालय मतहत छ । दुवै निकायले थाहा नपाई सुन आउने कुरा हुँदैन’ प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले भने, ‘प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय अनुसन्धान विभागले नियन्त्रणमा लियो । यसका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिनुपर्छ ।’

दुई मन्त्रीले बाटो खुला गरेर प्रधानमन्त्रीलाई सहयोग गर्नुपर्ने उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा र भन्सारबाट पास भएर निकालिएको सुन त्रिभुवन विमानस्थल कार्गो भवन अघिबाट बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?