+
+

महामन्त्री मौन रहे पार्टीको सबै समस्या हल हुन्छ भन्ने केहीलाई लागेको छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ८ गते १७:४२

८ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू मौन बसीदिए पार्टीभित्र सबै ठीकठाक हुने केहीलाई परेको बताएका छन् ।

जारी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यले राखेका विषयमा जवाफ दिँदै भने, ‘महामन्त्री मौन रहे पार्टीको सबै समस्या हल हुन्छ भन्ने छ ।’

बैठकमा धारणा राख्ने क्रममा संस्थापन पक्षीय कतिपय केन्द्रीय सदस्यले उनले बाहिर बोलेको विषयलाई चर्चा गरेका थिए । सभापतिलाई कमजोर बनाउने गरि महामन्त्री बोलेको उनीहरुको भनाइ थियो ।

‘पाँच दिन बैठकको कुरा सुन्दा केही पनि नभए जस्तो सुनें । हाम्रा नेताहरुको लोकप्रियता बढ्दै गएको छ । बाहिर जे जे आएका छन, ती प्रायोजित हुन् जस्ता खालका कुरा सुनें,’ थापाले भने ।

यस्तो चिन्तनले दुर्घटनातिर लिएर लाने बताउँदै थापाले यो बेला न सबै ठिकठाक छ भन्ने बेला हो । न, आत्मश्लाघाको बेला हो भएको बताए । ‘जितेको जस्तो भाव पार्टीमा आइरहेको छैन । फुटबल हारेको टीम जस्तो छौं । यो किन भयो?’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?