+
+

एकीकृत समाजवादीले सबै बैठक सार्‍यो, केन्द्रीय कमिटी बैठक भदौ ५ देखि

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १५ गते ८:२९

१५ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका सबै तहका बैठकहरू केही दिन पछि सारेको छ ।

यसअघि समाजवादीले सचिवालय बैठक आज बसेर अन्य तहको बैठकको मिति तय गर्ने बताँएको थियो । तर, सबै तहका बैठकको नयाँ मिति तय गर्दै सचिवालय बैठक पनि पछि सारेको छ ।

तयारी नपुगेको र प्राविधिक कारण भन्दै समाजवादीले सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरूको पछि सार्दै नयाँ मिति तय गरेको हो ।

नयाँ मिति अनुसार सचिवालय बैठक यही साउन १९ गते चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ८ बजे, स्थायी कमिटी २० र २१ गते बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगर, पोलिट ब्युरो भदौ ३ र ४ गते ११ बजे पार्टी कार्यालय र केन्द्रीय कमिटी बैठक भदौ ५ देखि ७ गतेसम्म कान्तिपुर गार्डेन ब्यांक्वेट ललितपुरमा हुनेछ ।

बैठकमा रिपोर्टिङ, राजनीतिक प्रतिवेदन माथि छलफल, समसामयिक परिस्थिति र पार्टीको कार्यभारलगायतका विषयमा छलफल हुने महासचिव घनश्याम भुसालले जानकारी दिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?