+
+

माओवादीको पदाधिकारी बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १७ गते ८:३६

१७ साउन, काठमाडौं ।सत्तारूढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ ।

आजदेखि काठमाडौंमा सुरु हुने केन्द्रीय समिति बैठकको तयारीका लागि बैठक बसेको हो ।

बिहान ११ बजे बस्ने बैठकका लागि पदाधिकारीको बैठकले एजेन्डालाई अन्तिम रुप दिनेछ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने बैठकको प्रत्यक्ष प्रसारण गर्ने माओवादीले तयारी गरेको छ ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेस गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ ।

बैठकमा तीन सय ८७ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका ७५ सदस्य र १० प्रदेशका पदाधिकारी एक सय जना सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?