+
+

अन्तिम फैसला नआएसम्म लामेआहालमै फोहोर फाल्न पोखरा महानगरलाई बाटो खुला

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते ७:२४

२२ साउन, पोखरा । अन्तिम फैसला नआउँदासम्म लामेआहालमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध नगर्न उच्च अदालत पोखराले आइतबार परमादेश जारी गरेको छ ।

महानगरले सहमति अनुसार काम नगरेको, ल्यान्डफिल साइटका कारण स्वास्थ्यमा प्रतिकुल असर परेकाले तत्काल फोहोर विर्सजन रोक्न बिहीबार महानगरविरुद्ध स्थानीय रविन केसी, जितेन्द्र केसी र ब्रजेश गुरुङले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए ।

उक्त रिटउपर उच्च अदालतले शुक्रबार विपक्षी बनाइएको पोखरा महानगरपालिकालाई एक हप्ताभित्र कारण देखाऊ आदेश जारी गरेको थियो । आइतबार महानगतर्फको जवाफ सुनिसकेपछि हाललाई रिटउपर अन्तिम फैसलामा सम्बोधन हुने नै हुँदा त्यसअवधिका लागि निवेदन बमोजिम आदेश जारी गर्नु नपरेको उच्च अदालत पोखराका रजिष्टार श्रीलाल पौडेलले जानकारी दिए ।

दुवै पक्षको बहस सुनिसकेपछि आइतबार तत्काललाई निवेदकले मागे बमोजिम आदेश जारी गर्न नपरेको उच्च अदालत पोखराका रजिष्टार श्रीलाल पौडेलले जनाए ।

‘निवेदकले महानगरले फोहोर फाल्दा वातावरणीय प्रभाव पर्‍यो, तत्काल रोक्नुपर्‍यो भनेर माग गर्नुभएको थियो । त्यसबारे अन्तिम फैसला हुन सकेन,’ उनले भने, ‘त्यसअवधिका लागि महानगरले अगाडि बढाएको काम रोक्न आवश्यक देखिएन ।’

स्थानीयको अवरोधका कारण पोखरा महानगरको फोहोर ११ दिनदेखि उठाउन रोकिएको छ । फोहोर बोकेका गाडी ल्यान्डफिल साइट पुग्न नपाएपछि महानगरको दमकल शाखामै अस्थायी व्यवस्थापन थालिएको थियो ।

पोखरा महानगरले पोखरा ३२, लामेआहालमा भएको अस्थायी ल्यान्डफिल साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएको छ । महानगरले यसअघि पोखरा १४, बच्छीबडुवामा फोहोर फाल्दै आएको थियो ।

तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै लामेआहालमा अस्थायी ल्यान्डफिल साइट तोकेर ६ महिनाअघिबाट फोहोर फाल्न सुरु गरिएको हो ।

ल्यान्डफिल साइटमा उड्ने चराचुरुंगीका कारण विमान दुर्घटनाको जोखिम हुनसक्ने भएकाले ल्यान्डफिल साइट स्थानान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?