
२२ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगको राजदूतमा लोकबहादुर थापालाई नियुक्त गरेका छन् ।
२६ असारको मन्त्रिपरिषद बैठकले थापालाई राजदूतमा सिफारिस गरेको थियो भने संसदीय सुनुवाइ समितिले उनको नाम १८ साउनमा नियुक्तिका लागि अनुमोदन गरेको थियो ।
राष्ट्रपतिले सोमबार उनलाई राजदूत नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयले दक्षिण अफ्रिकास्थित नेपाली राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बिया, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई उत्तर कोरिया र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेलाई पाराग्वेका लागि गैरआवासीय राजदूत पदमा नियुक्ति गरिएको जानकारी दिएको छ ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4