+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

आयातमा एलसीको सीमा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २२ गते २०:२८

२२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातलाई थप खुकुलो बनाएको छ । सोमबार एकीकृत परिपत्र जारी गर्दै केन्द्रीय बैंकले वस्तु आयात गर्दा एलसीको सीमा बढाएको हो ।

नयाँ व्यवस्थासँगै अब तेस्रो मुलुकबाट मालसामान आयात गर्दा एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको एलसी (वस्तु आयतको बैंकिङ भुक्तानी प्रणाली प्रतिपत्र) खोल्न पाइने भएको छ । यस अघि ५० हजार अमेरिकी डलर बराबरको मात्रै एलसी खोल्न पाइने व्यवस्था थियो ।

यस्तै भारतबाट हुने आयातमा भने भारतीय रुपैयाँ ३ करोड रुपैयाँसम्मको सीमा केन्द्रीय बैंकले तोकेको छ । यस्तै बैंकले एक पटक सटही सुविधा प्राप्त गरेपछि सोही आयात तथा निर्यातकर्ताबाट ७ दिन पछि मात्रै अर्को सटही सुविधा प्राप्त गर्ने व्यवस्था पनि गरेको छ ।

यस्तै उद्योगले गर्ने आयातको हकमा दुई प्रतिशत र व्यापारिक संस्थाले गर्ने आयातको हकमा १० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था भएपनि विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरु मार्फत हुने आयातको हकमा उद्योगले एक प्रतिशत र व्यापारिक संस्थाले ३ प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?