+
+

मकवानपुरमा खोलाले बगाएर एकजनाको मृत्यु

रासस रासस
२०८० साउन ३२ गते २०:१६

३२ साउन, मकवानपुर । मकवानपुरको राक्सिराङमा एकजनाको खोलाले बगाएर मृत्यु भएको छ ।

राप्ती नगरपालिका–१२ दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

राक्सिराङ–७ काँकडा र चितवनको राप्ती नगरपालिकाको सिमाना हुँदै बग्ने स्थानीय रेउतीखोलामा प्रजाको शव भेट्टिएको हो ।

खोला तर्दा प्रजालाई बगाएको अनुमान गरिएको राक्सिराङ–७ का वडाध्यक्ष रामबहादुर प्रजाले बताए ।

‘मेरो भिनाजु नाता पर्नुहुन्छ, मङ्गलबार साँझ उहाँ काँकडामा हुने दिदी र बहिनीको घर जान्छु भनी खाजा खाने होटलबाट निस्कनुभएको थियो’, वडाध्यक्ष प्रजाले बताए ।

बुधबार बिहान रेउती खोलामा स्थानीयवासीले शव भेटेपछि प्रहरीमा खबर गरिएको वडाध्यक्ष प्रजाले भने ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?