+

अन्यको तुलनामा तोरीको तेल कसरी राम्रो ?

२०८० भदौ  ३ गते ११:५२ २०८० भदौ ३ गते ११:५२
अन्यको तुलनामा तोरीको तेल कसरी राम्रो ?

तरकारीमा तेल अनिवार्य जस्तै मानिन्छ । तोरी, सूर्यमुखी र भटमासका तेल बजारमा पाइन्छन् । तेलले तरकारीलाई स्वादिलो बनाउने त छ नै स्वास्थ्यका लागि पनि यो महत्वपूर्ण हुन्छ ।

त्यसमा पनि तोरीको तेल परम्परागत रुपमै गाउँघरमा समेत उत्पादन गर्न सकिने भएकाले यसको प्रयोग व्यापक छ । तर आजभोलि सनफ्लावर र सोयाबिन तेल पनि उत्तिकै प्रयोगमा छन् । यद्यपि धेरैको पहिलो रोजाइमा तोरीको तेल नै हुने गरेको पाइन्छ ।

अन्य तेलको दाँजोमा तोरीको तेललाई नै किन रुचाइन्छ त ?

तोरीको तेल परापूर्वकालदेखि घरेलु रुपमा उत्पादन गरेर उपभोग गर्दै आएकाले यसलाई बढी रुचाइएको पोषणविद् उमा कोइराला बताउँछिन् । साथै तोरीको तेलमा भिटामिन सी र के प्रशस्त मात्रामा पाइन्छ । ‘यी तत्वले ब्लड सर्कुलेसन राम्रो गराउन मद्दत गर्छ,’ कोइराला भन्छिन्, ‘साथै यो स्याचुरेटेड नभई मोनोस्याचुरेटेड हुन्छ । स्याचुरेटेड भनेको चाँडै बोसोजस्तै जम्ने खालको हुन्छ । तर तोरीको तेल यस्तो हुँदैन । यसले गर्दा मुटुको धमनीमा टाँसिने जोखिम पनि कम हुन्छ ।’

अल्फा लिनोलेनिक एसिडले मुटुको धमनी बलियो बनाएर मुटुलाई सक्रिय रुपमा काम गराउन मद्दत गर्छ । यसले मुटुरोगबाट टाढा राख्न मद्दत गर्छ । त्यस्तै यसमा एन्टिअक्सिडेन्ट हुन्छ, जसले खानामा पाइने न्युट्रेसनलाई खेर जान नदिई रोक्ने पोषणविद् कोइराला बताउँछिन् ।

‘तोरीको तेलले दैनिक छालामा मसाज गर्दा रक्तसञ्चार प्रणाली र पसिना ग्रन्थिमा सुधार ल्याउनुका साथै पाचन प्रणाली बलियो बनाउँछ,’ उनी भन्छिन्, ‘यसमा पाइने ओमेगा थ्री फ्याटी एसिडले बाथसम्बन्धी रोगलाई कम गर्ने र छालामा सनस्क्रिनको रुपमा समेत काम गर्छ ।’ तोरीको तेलले श्वासप्रश्वास र एलर्जीको समस्यामा पनि राहत दिने कोइराला बताउँछिन् ।

तोरीको तेललाई नतताई पनि उपभोग गर्न सकिन्छ । केराउ, चाउचाउ, अचार, छोयला बनाउँदा तेललाई नतताई पनि खान सकिन्छ । तर यसरी पकाउँदा बजारको तेलभन्दा अर्गानिक तेल मात्रै प्रयोग गर्नु उत्तम हुने कोइराला बताउँछिन् । किनकि बजारमा पाइने तेलमा मिसावट हुने जोखिम हुन्छ ।

मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजुका अनुसार तोरीको तेल मोनोस्याच्युरेट हुन्छ, जसले शरीरलाई आवश्यक चिल्लो पदार्थ उपलब्ध गराउँछ । ‘यसमा भएको चिप्लो पदार्थ मुटुको धमनीका भित्तामा गएर बस्न सक्दैन । तोरीको तेलमा हाइपोकोलेस्टेरोलेमिक (कोलेस्टेरोल घटाउने) र हाइपोलिपिडेमिक (लिपिड घटाउने) तत्व पाइन्छ । यसले एलडीएल (खराब) कोलेस्टेरोल घटाई र एचडीएल (असल) कोलस्टेरोल बढाएर यसबाट मुटु रोगको खतरा न्यून गर्छ,’ उनी भन्छन् ।

खानेकुरा तोरीको तेल स्वास्थ्य
लेखक
रेणु त्वानाबासु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?