+
+

चन्द्रयान-३ को सफल अवतरणपछि ओलीले भने : पूूर्वीय ज्ञानले सफलता हासिल गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ६ गते २०:१०

६ भदौ, काठमाडौं । भारतको चन्द्रयान ३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिएका छन् ।

भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । त्यसलगत्तै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

‘आज भारतको चन्द्र यान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको छ । यस मिसनको सफलताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, वैज्ञानिक र भारतबासी सबैलाई बधाई ! पूर्वीय ज्ञानले विज्ञानको क्षेत्रमा महत्त्वपूर्ण सफलता हासिल गरेको छ, हामी पनि खुसी छौं,’ उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउदले पनि बधाई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?