+
+

‘गदर २’ र ‘ओएमजी २’ ले नेपाली बक्स अफिसमा कति कमाए ?

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ११ गते ११:२३

काठमाडौं । भारतीय बक्स अफिसमा उछाल कमाइरहेको बलिउड फिल्म ‘गदर २’ ले नेपालमा भने सन्तोषजनक कमाइ गरेको छ । चलचित्र विकास बोर्डका अनुसार फिल्मले आइतबारसम्म नेपालमा ६ करोड १३ लाख रुपैयाँ ग्रस कमाएको छ ।

सनी देओल स्टारर यो फिल्म पछिल्लो सप्ताहन्त ५० प्रतिशत हाराहारीको अकुपेन्सीसहित प्रदर्शनरत थियो । भारतीय बक्स अफिसमा भने यसले आइतबारसम्म ४५० करोड नेट भारु कमाएको छ । योसँगै भारतीय बक्स अफिसमा सबैभन्दा छिटो ४५० करोड भारु कमाउने हिन्दी फिल्म समेत बनेको छ ।

अक्षय कुमार स्टारर फिल्म ‘ओएमजी २’ ले नेपाली बक्स अफिसमा आइतबारसम्म दुई करोड ५० लाख ग्रस कमाएको छ । एकैदिनमा रिलिज भएको ‘गदर २’ भन्दा ‘ओएमजी २’को कमाइ आधा छ । अर्को बलिउड फिल्म ‘ड्रिमगर्ल २’ ले पनि नेपालमा सुखद कमाइ गरिरहेको छ ।

समीक्षात्मक रुपमा राम्रो भए पनि नेपाली फिल्म ‘जुलेबी’ र ‘महानगर’ले व्यावसायिक पक्षमा कमजोर व्यापार गरेका छन् । यी दुवै फिल्मलाई यतिबेला हलले उतारिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?