+
+

६० किलो सुन प्रकरण : थप दुई सुन गाल्ने उपकरण बरामद

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १८:०८

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न गिरोहले काठमाडौंमा राखेको थप दुई वटा सुन गाल्ने उपकरण बरामद भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उपत्यकाका विभिन्न ठाउँमा छापा मारेर सुन गाल्ने उपकरण बरामद भएको ब्यूरोकी निर्देशक एआईजी किरण बज्राचार्यले अनलाइनखबरलाई बताइन् ।

यसअघि तस्कर समूहले प्रयोग गरेको ५ वटा सुन गाल्ने उपकरण बरामद भइसकेको थियो । ‘थप दुई वटा बरामद गरेर ल्याएका छौं’, बज्राचार्यले भनिन् ।

हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ । प्रहरीले बुधबार भारतबाट पक्राउ गरेर दावा छिरिङका सहयोगी किशोर बस्नेतलाई पनि पक्राउ गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?