+
+

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १४ गते १३:०१

१४ भदौ, काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष लागि ९ जनाको आवेदन परेको छ । उपाध्यक्षका लागि आवेदन दिएका ९ जना उम्मेदवारहरुको प्रस्तुतिकरण र अन्तर्वार्ता भदौ १७ र १८ गते हुने भएको छ ।

उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले प्रस्तुतिकरण एवं अन्तर्वार्ताका लागि सूचना प्रकाशित गरेको हो ।

आयोगका वर्तमान उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले कार्यकाल दोहो¥याउन चाहेका छन् । त्यस्तै प्रा.डा. संगीता सिंह भण्डारी, प्रा. डा. सुमनकुमार श्रेष्ठ, डा. प्रविण मिश्र, प्रा.डा पियुस दाहाल र प्रा.डा विधाननिधि पौडेलले पनि उपाध्यक्षका लागि निवेदन दिएका छन् ।

आयोगको उपाध्यक्ष लागि डा. प्रमोदकुमार यादव, डा. अञ्जनीकुमार झा र प्रा.डा.मनेनप्रसाद गोर्खालीले पनि आवेदन दिएका छन् ।

उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न सिफारिस समितिले दरखास्त स्वीकृत भएका उम्मेदवारको व्यावसायिक कार्ययोजना सहितको सोचपत्र प्रस्तुत गर्न मिति र समयसहितको सूचना प्रकाशित गरेको छ ।

उम्मेदवारहरुले सोचपत्रको प्रस्तुतिकरण भदौ १५ गते ३ बजेभित्र समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा पेश गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?