+
+

नेपाल र भारतका कलाकर्मी सहभागी काठमाडौं कलिङ साहित्य महोत्सव सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १२:२९

काठमाडौं । कलाकर्मीको व्यापक सहभागितासहित काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण काठमाडौंमा सुरु भएको छ । तीन दिनसम्म होटल हिमालयमा चल्ने महोत्सवको शुक्रबार परराष्ट्रमन्त्री एनपी साउदले उद्घाटन गरे ।

महोत्सवमा उपस्थित दक्षिण एसियाका लेखक, साहित्यकार तथा कलाप्रेमीलाई परराष्ट्रमन्त्री साउदले स्वागत गरे । महोत्सवले नेपालको सभ्यता, ज्ञान र संस्कृतिलाई विश्वभर फैलाउन मद्दत गर्ने उनले बताए ।

महोत्सवको सफलताको शुभकामना दिंदै उनले महोत्सवलाई सांस्कृतिक अनुभव आदानप्रदान गर्ने मञ्चको रुपमा व्याख्या गरे । महोत्सव संस्थापक निर्देशक रश्मी रञ्जन परिदाले भारत र नेपालबीचको सांस्कृतिक आदनप्रदान कुन समयदेखि सुरु भयो भन्ने छुट्याउनै गाह्रो हुने र यो यात्रा निरन्तर चलिरहेको बताए ।

संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले महोत्सवले साहित्यलाई धेरै स्थान दिने गरेको तर नाटकलाई भने सोही अनुरुप महत्व नदिने धारणा राखिन् । आगामी श्रृंखलामा नाटक र संगीतलाई पनि महोत्सवमा समेट्न सुझाव दिइन् ।

प्राध्यापक माधवप्रसाद पोखरेलले कलिङ क्षेत्र र काठमाडौं प्राग ऐतिहासिक कालदेखि नै जोडिएको र यही भूमिले स्रमाट अशोकलाई बुद्ध धर्म अर्थात् ज्ञान र शब्दतर्फ डोर्‍याएको बताए । महोत्सव दुई देश जोड्ने मञ्चका रुपमा स्थापित हुँदै गएको महोत्सवकी नेपाल निर्देशक रन्जना निरौला, प्रोफेसर अवधेश प्रधान, डेब्रोयलगायतका वक्ताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?