+
+

शिक्षकको पनि विशिष्ट श्रेणीको दरबन्दी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १३:४३

२७ भदौ, काठमाडौं । शिक्षकको विशिष्ट श्रेणीको विशेष दरबन्दी सिर्जना हुने भएको छ ।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शिक्षकको विशिष्ट श्रेणीको विशेष दरबन्दी सिर्जना गर्न सकिने व्यवस्था छ । यो दरबन्दी प्रदेशमा दुई/दुई वटामात्रै हुनेछ ।

‘सरकारले विद्यालय शिक्षक सेवाको माध्यमिक तहतर्फ प्रत्ये प्रदेशमा बढीमा दुई वटा विशिष्ट श्रेणीको विशेष दरबन्दी सिर्जना गर्न सक्ने छ,’ विधेयकमा उल्लेख छ ।

विद्यमान ऐनअनुसार माध्यामिक तहहमा पहिलो, दोस्रो र तेस्रो श्रेणीको दरबन्दीको व्यवस्था रहेको छ ।

विशिष्ट श्रेणीको पदका लागि स्नातकोत्तर तह उत्तीर्ण गरेका माध्यामकि तहमा प्रथम श्रेणीमा १५ वर्षभन्दा बढी सेवा गरेका कार्यरत शिक्षकलाई बढुवा गरिनेछ ।

ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवा गर्ने प्रस्ताव विधेयकमा गरिएको छ ।

साथै विधेयकमा एउटै श्रेणीमा कम्तीमा १५ वर्षसम्म बहाल रहेको कुनै शिक्षकको मृत्यु भएमा परिवारलाई साविकको श्रेणीभन्दा माथिल्लो श्रेणीको निवृत्तभत्तालगायत अन्य सुविधा प्रदान गर्ने व्यवस्था पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?