+
+

वित्त र मौद्रिक नीतिबीच समन्वय हुन सकेन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १९:४४

२९ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय हुन नसकेको स्वीकार गरेका छन् ।

नेपाल उद्योग परिसंघ (सीएनआई)ले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले वित्त र मौद्रिक नीति समन्वय गर्ने काम चुनौतीपूर्ण देखिएको बताएका हुन् ।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच टकराव भइरहेको गुनासोका बीच स्वयम् प्रधानमन्त्री प्रचण्डले यस्तो संकेत गरेका हुन् ।
आफूले समन्वयका लागि धेरै प्रयास गरेको र अलिअलि भएजस्तो देखिएको भए पनि समन्वयमा चुनौती रहेको उनले बताए ।

अर्थतन्त्रको समस्याबारे आफू गम्भीर रहेको र यसमा गम्भीर सुधारको खाँचो महसुस गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।

सो अवसरमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले निजी क्षेत्रको मनोबल घटेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उच्च ब्याजदर, नगद प्रवाहमा भएको समस्या, उत्पादनमा कमी, लगानीको योजना स्थगत, अर्थतन्त्रको समग्र बजार मागमा कमी आएको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?