+
+

कोशी प्रदेश अधिवेशन असोज १७ गतेका लागि आह्वान 

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १२ गते १८:१२

१२ असोज, विराटनगर । कोशी  प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले असोज १७ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश  प्रमुख खापुङले असोज १७ गतेका लागि प्रदेशको चौथो अधिवेशन आह्वान गरेका हुन् ।

कोशी प्रदेश मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार सिफारिस भएपछि प्रदेश प्रमुखले अधिवेशन १७ असोज दिउँसो  १ बजेका लागि आह्वान गरेका हुन् ।

सर्वोच्च अदालतको परमादेशपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम २२ भदौमा नियुक्त भएका प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते भित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ ।

अधिवेशन आह्वान भए पनि विश्वासको मत लिने समय टुङ्गो भएको छैन ।

प्रदेश सरकारका प्रवक्ता लिलाबल्लभ अधिकारीले दलहरुसँगको छलफलपछि विश्वासको मत लिने समय टुङ्गो लगाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?