+
+

४५ वर्षीय सिभिल इन्जिनियर मालदिभ्सको राष्ट्रपतिमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते ९:४३
नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जु

१४ असोज, काठमाडौं । मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन् । निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराउँदै ४५ वर्षीय मुइज्जु नयाँ राष्ट्रपति निर्वाचित भएका हुन् ।

प्रोग्रेसिभ एलान्यसका उम्मेदवार मुइज्जु चीन समर्थक भनेर चिनिन्छन् । राजधानी मालेको मेयरसमेत रहेका मुइज्जुले ‘इन्डिया आउट’ नाराका साथ चुनावी अभियान सुरु गरेका थिए । उनले ५४ प्रतिशत भोट लिएर राष्ट्रपति चुनाव जितेको बीबीसीले जनाएको छ ।

निवर्तमान राष्ट्रपति सोलिह भने भारतसँग सम्बन्ध सुधार हुनुपर्छ भन्ने विचार राख्दथे । उनले भारतसँग सम्बन्ध बलियो बनाउने कोसिससमेत गरेका थिए ।

नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुको जन्म १९७८ मा भएको थियो । उनले ब्रिटेनको लिड्स युनिभर्सिटीबाट सिभिल इन्जिनियरिङमा पीएचडी गरेका छन् । उनी सन् २०१२ मा राजनीतिमा लागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?