+
+

राष्ट्रिय एकता र सद्भावमा एकजुट होऔं : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते १४:१६

१६ असोज, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता र सद्भावमा एकजुट हनुपर्ने बताएका छन् । यसका लागि उनले संसदमा रहेका सबै दलहरुसँग आग्रह गरेका छन् ।

‘राष्ट्रिय एकता र सद्भावमा एकजुट होऔं । विकासमा एकजुट होऔं । संविधानको रक्षाको लागि एकजुट होऔं । परराष्ट्र मामलामा एकजुट होऔं’, अध्यक्ष ओलीले प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै भने ।

शान्ति सुरक्षाका लागि सरकार गम्भीर हुनुपर्ने उनको आग्रह छ । आफूमाथि समेत विगतमा हमला हुन खोजेको भन्दै उनले यस सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूले धेरै पटक यो विषयमा जानकारी गराए ।

अन्य पार्टीका नेताहरुलाई धम्क्याउने, तर्साउने काम सरकारमा रहेका दलहरुका तर्फबाट भएको उनको भनाइ छ । यो फाइल खोलिन्छ भनेर समेत भन्ने गरेको भन्दै उनले त्यसरी धम्की नदिन आग्रह गरे ।

‘खोल्नुस् फाइल, खोलेका फाइलहरुको यो छ हालत’, उनले भने, ‘ललिता निवासको फाइल त खोल्नुभयो बन्द गर्न कस्तो गाह्रो भयो है ।’ सत्ता गठबन्धन नै परेपछि नेताहरुको पसिना आएको उनको भनाइ छ ।

पछिल्लो सुन तस्करी प्रकरणले पनि सरकारलाई नै गाह्रो पारेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?