+
+

सीआईबीले गरायो पूर्वसभामुख महरालाई बयान कागज

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १६ गते २०:०२

१६ असोज, काठमाडौं । विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीले पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई बयान कागज गराएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महरासँग बयान कागज गराएको ब्यूरो स्रोतले अनलाइनखबरलाई बतायो । ब्यूरोले तस्कर समूहसँग सम्बन्ध देखिएको भन्दै १३ भदौमा महराका छोरा राहुललाई पक्राउ गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा नियमित जाँचका क्रममा २९ माघ २०७९ मा दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो ।

गोदाममा राखिएका बेला त्यसमा सुन भएको थाहा पाएपछि भन्सारका नायब सुब्बा समेतको मिलेमतोमा भेप साटफेर गरेर ९ किलो सुन विक्री गरिएको बिक्री गरिएको खुलेको थियो ।

प्रकरणमा अनुसन्धान गरेर सीआईबीले २७ असार २०८० मा जिल्ला अदालत, काठमाडौंमा आपराधिक विश्वासघात र संगठित अपराधको कसूरमा अभियोग पत्र दायर गरेको थियो । त्यसमा कृष्णबहादुर महरा र उनका छोरा राहुलको नाम समेत उल्लेख भएपछि उनीहरुमाथि अनुसन्धान गर्न दबाब बढेको थियो ।

चौतर्फी दबाबपछि सीआईबीले राहुललाई पक्राउ गरेर सुन तस्करीबारे फेरि अनुसन्धान थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?