+
+

इजरायलमा हमासको आक्रमण : सेल्टर गइरहेका १४ नेपालीमध्ये ७ घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २० गते १९:३९
हमासको आक्रमणमा परेको गाडी ।

२० असोज, काठमाडौं । इजरायलस्थित नेपाली दुतावासका अनुसार हमासको आक्रमण लगत्तै कार्यस्थल छाडेर सेल्टर लगिँदै गरेका १४ मध्ये ७ नेपाली घाइते छन् ।

इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले यसको पुष्टि गरिन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘नेपालीहरु बसेको शेदेत नेगेबका बस्तीहरुमा हमासले आक्रमण गरेको छ । त्यसमध्ये एउटा ठाउँमा काम गरिरहेका १४ नेपालीमध्ये ७ जना घाइते हुनुभएको छ ।’

उनले घाइते नेपालीको नाम काठमाडौंबाट परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्ने बताइन् ।

दूतावासको अभिलेख अनुसार इजरायलमा यति बेला ४५ सय नेपाली छन् ।

गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिलेसम्म ४० को मृत्यु भएको र हजार बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?