+
+
Shares

एनआरएनलाई झाँक्रीको प्रश्न- यही हो सभ्यता ? के सिक्नुभयो ? (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २ गते १७:०९

२ कात्तिककाठमाडौं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएन)को विश्व सम्मेलन अन्तर्गत ‘नागरिकता र मताधिकार’ विषयको ‘प्यानल डिस्कसन’मा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले दिएको अभिव्यक्तिले यतिबेला चर्चा पाइरहेको छ । एनआरएनका कतिपय सदस्यहरूले नागरिकता विधेयकको विरोध गर्दै प्लेनरी सेसनमा सहभागी राजनीतिक नेतृत्वको आलोचना गरेपछि उनले जवाफमा आक्रोशपूर्ण अभिव्यक्ति दिएकी छिन् ।

एनआरएनको अफिसियल फेसबुक पेजमा राखिएको भिडियो हेर्दा प्यानल डिस्कसनमा सहभागीहरूमध्ये तीन जनाले राखेको धारणाको सार एनआरएनलाई वंशजको नागरिकता दिनुपर्ने माग छ ।

उनीहरूमध्ये आफूले बेलायतमा सम्पत्ति जोडेको बताउने एक जनाले राजनीतिक अधिकार विनाको नागरिकता ‘कागजको खोस्टो’ सरह भएको टिप्पणी गर्छन् । उनले राजा र समोसा व्यापारीको कथा सुनाउँदै भनेका थिए, ‘राजा समोसा खाने मान्छेसँग पनि लोकप्रिय हुन खोजेसमोसा बेच्ने मान्छेसँग पनि लोकप्रिय हुनसके । हाम्रो गाउँघरतिर यसलाई आफैं … … आफैं झाँक्री भन्छन् । नेपालले विदेश गएका मान्छेले सम्पत्ति किन्न नपाउने र विदेश गएकाहरूले अरु नेपाली सरह सुविधा उपयोग गर्न नपाउने भनेर समस्यापूर्ण कानुन यो संसदलेयहाँहरु माननीय भएको संसदले आफैं ल्यायो र आफैं यस्तो एउटा कागज दिएर प्रशंसा गर्न खोज्दै हुनुहुन्छ । यो त्यति चित्तबुझ्दो कुरा भएन ।’

उनीपछि बोल्ने अर्का व्यक्तिले चाहिं नागरिकता पाउने तर राजनीतिक अधिकार नपाउने संसारमा कहीं नभएको दाबी गर्दै आफूहरूको मानवअधिकार हनन भएको बताउँछन् । राजनीतिक अधिकार विनाको नागरिकता दिलाएर एनआरएन अध्यक्ष कुल आचार्यले भ्रममा पार्न खोजेको भन्दै उनले आचार्यलाई ‘फाँसी भोग्नुपर्ला’ भन्दै धम्काउन खोज्छन् ।

उनी यत्तिमा रोकिंदैनन् । गणतन्त्र आइसक्दा पनि देशको हालत उस्तै रहेको भन्दै उनले एनआरएनका अध्यक्षद्वय आचार्य र बद्री केसीसँगै मञ्चमा आसीन रामकुमारी झाँक्री र चित्रलेखा यादवलाई लक्षित गर्दै भन्छन्, ‘कि तपाईंहरु हट्नुस्, गैरआवासीय नेपालीलाई बोलाउनुस् देश बनाउन सुरु हुन्छ।’

बेल्जियममा बस्दै आएका मदन दवाडीले भने भर्खरै जन्मिएकी आफ्नी छोरीको खानपान नमिलेको उदाहरण दिंदै आफूहरुको जिन र रगतमा नेपाली नै भएको भन्दै नागरिकताविहीन बनाउन नहुने बताउँछन् ।

त्यसपछि मोडरेटरले रामकुमारी झाँक्रीलाई समय दिन्छन् । ड्यासमा आएकी उनले ‘तपाईंहरु जस्तै चिच्याएर कुरा गर्न त आउँथ्यो मलाई । तर यहाँ अतिथि भएको हुनाले चिच्याउन अलि मिलेन जस्तो लाग्यो’, भन्दै कुरा राख्न सुरु गरिन् ।

झाँक्रीको भनाइ जस्ताको तस्तै–

यो कुरा मैले कुल दाइलाई पनि याद छ । किनकि यो डायस्पोरामा म धेरै दाइहरुसँग इङ्गेज थिएँ पहिलेदेखि । अहिले औंलो हालेपछि डुँडुलोसम्म छिराउने मामिला हो भन्ने त हामीलाई पनि थाहा थियो । त्यही कारणले ठ्याक्कै नागरिकता पाएपछि यो हुँदैछ ।

यसको म पृष्ठभूमिको कुरा गर्छुछोट्टोमा । अपमान गरेको होइन ।

पहिले हामी नेपाली विदेश जान केके हर्कत गर्‍यौं ? त्यो देशको आईएलआर अथवा ग्रीनकार्ड पाउन के के हर्कत गर्‍यौंआफ्नो नागरिकता त्यागेरआफ्नो पासपोर्ट त्यागेर ।

तपाईंहरुले दुई पैसा कमाउनु भएको होलास्कील होला र नेपाललाई फर्किएर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछिगणतन्त्रपछि संविधान ल्याएर यो व्यवस्था गर्‍यौं । अनि तपाईंहरुले कुललाई फाँसीको कुरा गर्नेकुल आचार्यलाई नलिन चाहनेले गैरआवासीय नागरिकता नलिए पनि हुन्छ । (ताली बज्छ)

नलिए हुन्छ नि त सबैलाई लिनुस् भनेको होइन । 

म डायस्पोरामा हेरेरै बसेको मान्छु हुँ । एउटा नेपालीले त्यहाँको सिटिजन या स्थायी बसोबासका लागि कतिसम्म दुःखकतिसम्म कष्टकतिसम्म काम गरेर बस्नुभएको छ । अनि यहाँ आएर ठूला कुरा गरेको सुहाएन के साथी हो ।

तपाईंहरुले भन्नुभयो– म विज्ञ हुँ कानुनको । …. तपाईं त्यहाँ वकालत गर्नुहुन्छ तपाईं त्यहाँको अदालतको प्राक्टिस्नर हो ?

नम्बर एक । हो तपाईं हो भने …. (दर्शकदीर्घाबाट केहीले हल्ला गर्छन्) तपाईं प्राक्टिसनर वकिल हो मैले जानेको कुरा यति हो कि तपाईं प्राक्टिसनर हो 

तपाईं प्राक्टिस्नर हो भनेर जान्न खोजेको । हो भने म यसै गरी … यो विषयमा म पनि लाइसेन्स लिएको अधिवक्ता हुँ । कानुनमा मैले स्नातक गरेकी छु । म लेजिस्जेचर हुँ । मैले यो पार्लियामेन्टमा कानुन बनाउने काम गरें । कानुनलाई कार्यान्वयन गर्ने मन्त्रीको हैसियतले काम पनि गरें । त्यसकारण तपाईंले हामीलाई प्लेनरीमा राखेर जे कुरा गर्नुभयो- तपाईं प्राक्टिस्नर हो भनेर मैले सोधेको हुँ । 

हामीले प्राक्टिस अलि कम काम अलि धेरै गर्‍यौं । मैले अदालतमा कम प्राक्टिस गरें । तर कानुन हामीले पनि पढ्यौं । त्यसकारण हरेक देशको सिटिजनसिप सम्बन्धी कानुन त्यो देशको विशिष्टतामा आधारित हुन्छ । नागरिकता र त्यसको अधिकार भनेको ग्लोबल अधिकार होइन । तपाईंले संयुक्त राष्ट्रसंघको बडापत्र हेर्नुभयो भने पनि मानवअधिकार विश्वव्यापी हुन्छ । साथी होकान खोलेर सुन्नुस् । त्यहाँ तपाईंहरूलाई रेष्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर होला ।

मानवअधिकार विश्वव्यापी हुन्छ । सिभिल राइट त्यो देशको टेरिटोरीमा संविधानतः प्रदत्त गरिएको हुन्छ । तपाईंहरूलाई सिटिजनसिपको अधिकार दिइएको होइन । तपाईंहरूलाई गैरआवासीय नेपालीको अधिकार दिइएको हो । यति कुरा थाहा पाइराख्नुस् । यहाँ आएर अहिले ठूलो कुरा नगर्नु …. । तपाईंहरूले आफ्नो खुसीले नेपाली नागरिकता त्यागेको हो । अनि अहिले खुसीले त्यागेको कुरातपाईंहरूले केही आर्थिक समृद्धिका कामकेही सीपका काम गर्नुहोला भनेर गरेको हो । अनि यो हामीलाई थाहा छैन र 

बिहान भाले बास्नुभन्दा अगाडि तपाईंले लेखेको स्टाटस नेपालको पोलिटिसिएनसिस्टमका बारेमा तपाईंहरूले गरेको कमेन्टले तपाईंहरूले अब अर्को पुस्तालाई आतंककारी बनाउँदै हुनुहुन्छ । त्यसकारण यो आतंककारी बनाउने बाटो तर्फ नजानुस् ।

यो सबै थाहा छम त अझ प्रवासमा नेकपा एमालेको केन्द्रीय कमिटीको सदस्य हुँदा मैले पाँच वर्ष प्रवासमै काम गरेको हो । नेपाली डायस्पोरासँगै काम गरेको हो । त्यसकारण म प्रत्येक नेपाली डायस्पोराको घरघरमा पुगेकी छु । त्यसका स्टाटस सबै थाहा छ मलाई । हो त्यसकारणयस्तो गरेर यहाँ आएर परिस्थिति भड्काउनेअपमान गर्ने कुरा होइन । तपाईंले एउटा विदेशी विश्वविद्यालयको डिग्री ल्याउनुभएको होला । नेपाली कन्टेक्टको डिग्री हामीसँग छ । कानुनमा छम्यानेजमेन्टमा छह्युम्यानिटीजमा छ । हाम्रो लेजिस्लेटर सूर्य पाठक जापानको पीएचडी हो । इन्टरनेशनल डिग्री छ । अनि तपाईंले प्लेनरीमा बसेका मान्छेलाई यी ज्ञान नभएका मानिस हुन्यिनले कानुन त बनाए होलान् … । तपाईंले त्यहाँबाट हामी गेस्टलाई भन्न मिल्छ 

ट्रिट फर ट्र्याट हुन्छ मित्र । तपाईंले पढ्नुभएको छ तर बेलायतमा अभ्यास गर्नुभएको छैन । हामी नेपालमा प्राक्टिस गरेका छौं । यो हो कुरा । त्यसकारण यस्ता कुरा गर्नुहुँदैन । 

म कान खोलेर सुन्न भन्छु- तपाईंहरूलाई दिइएको आर्थिकसामाजिक र सांस्कृतिक अधिकार हो । भोटिङ राइटको पोलिटिकल अधिकार होइन र यो हुन सक्दैन । तपाईंहरू खुशीले नागरिकता त्यागेर गएकाहरूलाई आउन इन्भाइट गरेको हो । यहाँ हाम्रो पनि स्वार्थ छतपाईंहरूको पनि स्वार्थ छ । ब्रिटिश गोर्खाको सन्दर्भमा फरक कुरा हो । 

त्यसकारण यहाँ भएको कुराप्रति कृतज्ञता छैनजहिले पनि धमिलो पानीमा माछा मार्नेनेपाली राजनीतिक प्रणालीका बारेमा विदेशमा बसेर फेसबुकमा लेख्नेविषवमन गर्नेनकारात्मक धारणा दिनेयही हो तपाईंहरूको काम 

तपाईं विदेशमा बस्नुहुन्छ भने त्यो देशको स्ट्यान्डर्ड भाषामा त्यो देशको कर प्रणालीकानुन र आप्रवासनको बारेमा स्टाटस लेख्नुस् । बिहान जुरुक्क उठेर आँखाको चिप्रा नपुछ्दै नेपाली राजनीतिका बारेमा किन कमेन्ट गर्नुपर्‍यो यहीं चिन्ता गर्ने मान्छेयसका लागि मरेकारगत बगाएकाहातखुट्टा भाँचिएका र सञ्जोगले बाँचेका हामी ज्यूँदै छौं । यो देशको चिन्ता हामीले गर्छौं । 

तपाईंहरूले यस्ता कुरा गर्न सुहाउँदैन । 

डिग्रीको धाक दिनु पनि पर्दैन । नेपालमा नेपाली भाषा चाहिन्छ । नेपालको डिग्री हामी धेरै मानिसले लिएका छौं । त्यसकारण चित्रलेखा दिदीहरू पनि अयोग्य होइन । त्यसैले यस्तो प्लेनरीमा आएर राम्रोसँग सकिएको कुरालाई यो कागजको खोस्टोनथिङ इल्स (केही पनि होइन)यो कुल आचार्यहरूलाई फाँसी हुन्छयही हो सभ्यता के सिक्नुभयो 

विश्वका यस्ता मुलुक घुमेर ग्लोबल सिटिजन भएर के सिकेर आउनुभयो ? बिहान भाले बास्नुभन्दा अगाडि तपाईंले लेखेको स्टाटस नेपालको पोलिटिसिएनसिस्टमका बारेमा तपाईंहरूले गरेको कमेन्टले तपाईंहरूले अब अर्को पुस्तालाई आतंककारी बनाउँदै हुनुहुन्छ । त्यसकारण यो आतंककारी बनाउने बाटोतर्फ नजानुस् । तपाईंहरूले त्यो देशको बेलायतमा किन १० वर्षबाट २० वर्ष भयो आईएलआर बनाउन त्यहाँ गएर भन्न सक्नुहुन्छ बेलायतमा तपाईंको स्टाटस जे होआज तपाईंको नेपालमा नेपाली नागरिकता त्यागेपछि त्यही स्टाटस हो मित्र । 

नेपालको कानुन कस्तो हुने तपाईंको अधिकार होइनहाम्रो अधिकार हो । नागरिकता त त्यागिसक्नुभएको छ नि तपाईंहरूले । 

(दर्शकदीर्घाबाट हल्ला र प्रश्न सुरु हुन्छ- तपाईंलाई कानुन थाहा छ ?) तपाईं ब्रिटिश पासपोर्ट बोकेर आउनेले यो भन्न पाउनुहुन्न । नेपाली पासपोर्ट बोक्नुहुन्छ भने हामीसँग चुनाव लड्नुहोस् । 

त्यसकारण तपाईंहरूले जान्नुभएको होलात्यसकारण तपाईंहरूले नेपाली नागरिकतालाई संविधानप्रदत्त सबै अधिकार छ । नेपाली नागरिकलाई संविधानप्रदत्त सबै अधिकार छ । संविधानले सबै अधिकारलाई संरक्षण गरेको छ । नेपाली बाहेक गैरनेपालीलाई संविधानले संरक्षण गर्ने कुरा मानवअधिकार र आर्थिक अधिकारको हिसाबले मात्रै गर्छ । त्यसकारण तपाईंहरूको एउटा सोल्जर (सिपाही)को माथि दिमाग नउठेको देखेर म छक्क परें । त्यसकारण यो विषयमा बहस गर्नु चाहिं बेकारको कुरा छ । 

तपाईंहरूले कार्यक्रममा आफ्नो तरक्की देखाउनुभएको हो । यो पनि थाहा छ । यस्ता हल्लाहजार मान्छे डुलाएर आएकै मान्छे हो हामी । दुई जनाले नारा लगाएर के हुन्छ भन्या के हुन्छ यहाँ त्यसकारण मैले यति कुरा भनें । र अहिले यो नागरिकता विधेयक पास भइसकेपछि यसलाई स्वागत गर्नुको बदला जे गर्नुभएको छयो कुरा तपाईंहरूको आपत्तिजनक छ । नलिन चाहनेले लिनुहुन्न । यति कुरा भनेर सकाउँछु । धन्यवाद । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?