+
+

राष्ट्रसंघका महासचिव एन्टोनियो अन्नपूर्ण बेसक्याम्प जाने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १० गते १७:२८

१० कात्तिक, पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमणका बेला पोखरा आउने भएका छन् । चार दिने नेपाल भ्रमणका क्रममा गुटेरेस १२ नेपाल भ्रमणमा आउने तय भएको छ ।

नेपाल बसाइका क्रममा गुटेरेसले पोखरा पनि भ्रमण गर्ने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । पोखरा आउने गुटेरेस विश्वकै चर्चित अन्नपूर्ण बेसक्याप पुग्ने कार्यक्रम रहेको सिडिओ घिमिरेले जानकारी दिए ।

‘पोखरा विमानस्थलबाट हेलिकप्टरमा अन्नपूर्ण बेसक्याम्प पुग्नेसमेत तालिका छ,’ कास्कीका सिडिओ घिमिरेले भने, ‘प्रोटोकलअनुसार सुरक्षा व्यवस्था चुस्त हुने छ ।’

राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्प पुग्ने भएसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित छन् ।

अन्नपूर्ण हिमाल ८ हजार मिटरमाथि आरोहण भएको विश्वकै पहिलो हिमाल हो । सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आरोहण गरेको ३ वर्षपछि मात्रै सगरमाथा आरोहण भएको थियो । पोखराको पर्यटन क्षेत्रलाई फेरि एक पटक अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग पुग्ने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा नेपाल आउन लागेका गुटरेस हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग कुराकानी गर्ने कार्यक्रम पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?