
१२ कात्तिक, काठमाडौं । भारती शेर्पाले दशैं सकिएसँगै पुनः रिले अनसन सुरु गरेकी छन् ।
श्रीमानको हत्यामा दोषी ठहर भइ जेलमा रहेका योगराज ढकाल (रिगल) लाई सरकारले कैद मिनाहा दिएपछि प्रतिवादमा उत्रिएकी नेपालगञ्जकी शेर्पाले माइतीघरमा पुनः रिले अनसन सुरु गरेकी हुन् ।
श्रीमान् चेतन मानन्धरको हत्या घटनामा दोषी ठहर भई जेल परेका रिगललाई गत असोज ३ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरिदिएपछि भारतीले विरोध गर्दै आएकी छन् ।
२०७२ सालको असारमा दुई समूहबीच विवाद हुँदा बाँके नेपालगञ्जका चेतन मानन्धरको हत्या भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4