+
+
Shares

काठमाडौं युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’को सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १४ गते १८:११

काठमाडौं । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले नेपालको राजधानी सहर काठमाडौंलाई ‘फिल्मको रचनात्मक सहर’को रुपमा सूचीकृत गरेको छ । विश्व सहर दिवसको अवसरमा काठमाडौंसहितका संसारका ५५ सहरलाई क्रिएटिभ सिटिज नेटवर्कमा समावेश गरिएको युनेस्कोले जनाएको छ ।

युनेस्कोले सातवटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ नयाँ सहर सूचीकृत गरेको हो । यी रचनात्मक क्षेत्रमा शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र संगीत समावेश छन् ।

संस्कृति र सिर्जनालाई विकास रणनीतिको रुपमा आत्मसात गर्ने र मानव केन्द्रित सहरी योजनामा नवीन अभ्यास प्रदर्शन गर्ने प्रतिबद्धतासहित यी नयाँ सहरलाई सूचीकृत गरिएको युनेस्कोका महानिर्देशक अड्रे अजौलेले जनाएका छन् ।

सूचीकृत नयाँ सहरले जलवायु परिवर्तन, बढ्दो असमानता र द्रुत सहरीकरणजस्ता विकसित खतराको सामना गर्न नेटवर्क सदस्यहरूसँग सहकार्य गर्ने समेत युनेस्कोले जनाएको छ । जसमा सन् २०५० सम्म विश्वको ८० प्रतिशत जनसंख्या सहरमा बसोबास गर्ने उल्लेख छ ।

युनेस्कोका महानिर्देशक अड्रे अजौले भन्छन्, ‘संस्कृतिमा पहुँच बढाउने, सहरी लचिलोपन र विकासको लागि रचनात्मकताको शक्ति बढाउने सन्दर्भमा हाम्रो क्रिएटिभ सिटीज नेटवर्कका सहरले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन् ।’ काठमाडौं महानगरका मेयर बालेन शाहले यसअघि काठमाडौंलाई चलचित्रको रचनात्मक सहरको रुपमा विकास गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?