+
+
टी-२० विश्वकप छनोट फाइनल :

नेपालको खराब सुरुआत, ४ विकेट गुमायो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते ११:५४

१९ कात्तिक,काठमाडौं । आईसीसी टी-२० विश्वकप छनोट एसिया क्षेत्रको फाइनल खेलमा नेपालले खराब सुरुआत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले एकपछि अर्को गर्दै महत्वपूर्ण चार विकेट गुमाएको छ । १० ओभरमा नेपाल ६०/४ को अवस्थामा छ ।

आशिफ शेख र सन्दीप जोरालाई सस्तैमा गुमाएको नेपालले महत्वपूर्ण मानिएका कुशल भुर्तेललाई तेस्रो विकेटको रुपमा ७ ओभरको पहिलो बलमा गुमायो । उनी २२ बलमा ३१ रन बनाउँदै ओमानका आकिब इलियासको बलमा क्याच आउट हुन पुगे ।

आशिफ दोस्रो ओभरको चौथो बलमा बिलाल खानको बलमा ६ रन बनाएर पहिलो विकेटका रुपमा आउट भउका थिए भने त्यसपछि सन्दीप जोरा ६ ओभरको पहिलो बलमा १० रनमा ओमानका कप्तान जिसन मक्सुदको बलमा बोल्ड भएका थिए ।

चौथो नम्बरमा नेपालले कुशल मल्ललाई पनि तीन रनमै गुमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?