+
+

इ-मेलसहितको इन्टरनेट सेवा दिने भनेका २ कम्पनीको अनुमति पत्र खारेज

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते ७:१९

२१ कात्तिक, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इ-मेलसहितको इन्टरनेट सेवाका लागि अनुमति प्राप्त दुई कम्पनीको अनुमति पत्र खारेज गरेको छ ।

प्राधिकरणले गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रालि, वीरेन्द्रनगरको अनुमति पत्र खारेज गरेको हो ।

ती कम्पनीले नवीकरणका लागि समयावधि भित्र नियमानुनसार निवेदन पेश नगरेकाले स्वतः अनुमति पत्र खारेज गरेको प्राधिकरणले आज जारी गरेको सूचनामा उल्लेख छ ।

साथै ती कम्पनीहरुलाई नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा आजदेखि ३० दिनभित्र प्राधिकरणको कार्यालयमा सम्पर्क राख्न पनि भनिएको छ । अन्यथा प्रचलित कानुन अनुसार कार्यवाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणको अनुमतिपत्र व्यवस्थापन शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?