+

केपी ओली कपका लागि लुम्बिनी प्रदेशको टिम घोषणा

२०८० मंसिर  ८ गते १३:४९ २०८० मंसिर ८ गते १३:४९
केपी ओली कपका लागि लुम्बिनी प्रदेशको टिम घोषणा

८ मंसिर, काठमाडौं । लुम्बिनी प्रदेशले पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेटका लागि टिम घोषणा गरेको छ ।

नेपालका लागि यू–१९ टिमबाट खेलेका कृष्ण कार्कीको कप्तानीमा लुम्बिनीले १४ सदस्यीय टोली घोषणा गरेको छ ।

१४ रेगुलर खेलाडी र ४ वैकल्पिक खेलाडी सहित १६ जना खेलाडीको नाम लुम्बिनी प्रदेश क्रिकेट संघले घोषणा गरेको हो ।

टिमको प्रशिक्षकको रुपमा वसन्त शाही छन् भने टिम व्यवस्थापकमा राजेश श्रेष्ठ छन् ।

लुम्बिनी प्रदेश समुह बी मा रहेर खेल्नेछ । समुह बीमा एपीएफ क्लब र गण्डकी प्रदेश पनि छन् ।

लुम्बिनी प्रदेशको टिमः

कृष्ण कार्की(कप्तान), सुशान्त सिंह थापा, विराट भण्डारी, मिर्नाल गुरुङ, मनिष थापा, महेश राना, सुमित नेवार, ध्रुव सुनार, अजयकुमार लुनिया, अभिषेश गौतम, रमेश कुर्मी, रोशन लाल गुप्ता, मोहम्मद हुसेन र नरबहादुर सार्की ।

केपी ओली कप लुम्बिनी प्रदेश
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय