+

नेपाल सुपर लिग २०२३ : तथ्यांकमा धनगढी र वीरगञ्ज

२०८० मंसिर  १० गते ७:३३ २०८० मंसिर १० गते ७:३३
नेपाल सुपर लिग २०२३ : तथ्यांकमा धनगढी र वीरगञ्ज

१० मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ मा धनगढी एफसीले वीरगञ्ज युनाइटेडको सामना गर्दैछ । दशरथ रंगशालामा बेलुका ५ः३० बजे हुने यस खेलसँग जोडिएका महत्त्वपूर्ण तथ्यांक यस प्रकार छन् ।

१. वीरगञ्ज युनाइटेडले प्रतियोगितामा डेब्यु गर्ने क्रममा सहभागिता जनाउने नवौं फ्रान्चाइज टिम बन्ने छ ।

२. यसपल्ट तीन टिमले पहिलो पल्ट सहभागिता जनाउँदैछ । त्यसमध्ये स्पोर्टिङ इलामले खेलिसकेको छ भने झापा एफसीले खेल्न बाँकी छ ।

३. यो यसपल्टको प्रतियोगिताको चौथो खेल हुनेछ । समग्रमा भने यो २९ औं खेल रहेको छ ।

४. धनगढी र वीरगञ्जको यो पहिलो भेट हुनेछ ।

५. धनगढी प्रतियोगिताको पछिल्लो उप–विजेता हो । फाइनलमा धनगढी काठमाडौंको हातबाट १–० ले पराजित भएको थियो ।

६. धनगढीले अहिलेसम्म प्रतियोगितामा कुल आठ खेल खेलेको छ । त्यसमा चार जित, एक बराबरी र तीन हार रहेका छन् ।

७. जितको आधारमा काठमाडौं रेजर्सपछि धनगढी प्रतियोगिताको संयुक्त दोस्रो सफल टिम हो । काठमाडौंले अहिलेसम्म समग्रमा सात जित हात पारेको छ भने धनगढीमा पक्षमा चार जित रहेको छ । ललितपुरले पनि चार जित आत्मसात् गरिसकेको छ ।

नेपाल सुपर लिग २०२३

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय