+
+

गणतन्त्रमा खतरा छैनः देउवा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ११ गते १३:५१

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्कन नसक्ने बताएका छन् ।

नवलपुरको जिल्ला सम्मेलनमा जाने क्रममा भरतपुरमा पत्रकारसँग बोल्दै सभापति देउवाले गणतन्त्रमा संकट नरहेको बताए । राजावादीको प्रदर्शन बारे पत्रकारले सोधेको प्रश्नमा देउवाले भने,‘अरु कुरा मलाई थाहा छैन ।’

राजतन्त्रको पक्षमा बोल्न पाइने भएपनि राजतन्त्र फर्कने अवस्था नरहेको उनले बताए । राजसंस्थाको पुर्नबहालीको विषयमा सभापति देउवाको मौनता बारे सोधिएको प्रश्नमा देउवाले भने,‘तपाईहरु के के लेख्नुहुन्छ, मलाई के थाहा यार?’

आलोपालोको प्रधानमन्त्री बारे सभापति देउवाले ‘भएपछि थाहा पाइहाल्नुहुन्छ नि’ भनी जवाफ फर्काए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?