+
+

त्रिशूली जलविद्युत् कम्पनीको सेयर नेप्सेमा सूचीकृत, कतिमा हुँदैछ पहिलो कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १७:१०

१२ मंसिर, काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनीको साधारण सेयर दोस्रो बजार नेप्सेमा सूचीकृत भएको छ । नेप्से र जलविद्युत् कम्पनीबीच सेयर सूचीकरण सम्बन्धी सम्झौता भएको हो । अंकित मूल्य १ सयका दरले कम्पनीको १ करोड ८५ लाख क्त्रिा साधारण सेयार सूचीकृत भएको नेप्सेले जनाएको छ ।

जसमध्ये सर्वसाधारण लगानीकर्ताको ३७ लाख ५ हजार कित्ता (२० प्रतिशत) र कम्पनीका संस्थापक सेयरधनीहरुको १ करोड ४८ लाख २० हजार कित्ता (८० प्रतिशत)साधारण सेयर सूचीकरण भएको हो । भोलि बुधबारदेखि कम्पनीको सेयर कारोबार सुरु हुने भएको छ । कम्पनीको आरटीएस सेवा ग्लोबल आईएमई क्यापिटलले प्रदान गर्नेछ ।

त्यस्तै बुधबारदेखि हुने कारोबारका लागि कम्पनीले ओपनिङ रेञ्ज मूल्य ८९ रुपैयाँ ३८ पैसादेखि २६८ रुपैयाँ १४ पैसासम्म पाएको छ । पहिलो कारोबार ८९ रुपैयाँ ४० पैसादेखि २६८ रुपैयाँ १० पैसाको बीचमा हुनेछ । पहिलो कारोबारपश्चात कम्पनीको मूल्यमा १० प्रतिशतसम्म वृद्धि वा गिरावटको सीमा रहनेछ । कम्पनीको कोड नाम टीभीसीएल रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?