+
+
Shares

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा १२.४ गुणा आवेदन, कतिले पाउँछन् सेयर ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १७:३३

१२ मंसिर, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा १२.४ गुणा धेरै आवेदन परेको छ । कम्पनीले कुल ११ लाख ४८ हजार कित्ता सेयरका लागि आवेदन माग गरेकोमा कुल १ करोड ४३ लाख २८ हजार १८० कित्ताका लागि आवेदन परेको सीडीएस एण्ड क्लियरिङ कम्पनीले जनाएको छ । योसँगै कम्पनीको आईपीओ बिक्रीमा आवेदन बन्द भएको छ ।

कुल १३ लाख २२ हजार ९५४ जनाले कम्पनीको आईपीओमा आवेदन दिएका छन् । आवेदन दिएकामध्ये जम्मा १ लाख १४ हजार ८ सय जनाले मात्रै १० कित्ताका दरले सेयर पाउने छन् । बाँकी १२ लाख ८ हजार बढीको हात रित्तो हुने भएको छ । कम्पनीले गत शुक्रबारदेखि आईपीओमा आवेदन खुलाएको थियो । कम्पनीको आईपीओ बाँडफाँड केही दिनपछि हुने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले जनाएको छ ।

कृषक तथा कृषि व्यवसायीहरुको उत्पादन र उत्पादकत्व वृद्धिको लागि आवश्यक उत्पादनका साधनहरु मल, बिउ, विषादी, औजार उपकरणसहित अनुसन्धान, विकास प्रविधि हस्तान्तरण, प्रशोधन र मूल्य अभिवृद्धिको क्षेत्रमा कम्पनीले काम गरिरहेको छ ।

कृषि सम्बन्धी उपकरण, पशुपन्छीको दाना तथा औषधिहरु आयात तथा बिक्री वितरण गर्ने, कृषि तथा पशुपन्छीको बीमाका लागि एजेन्टको रुपमा काम गर्ने, कृषि सम्बन्धी मल, बिउ, विषादी तथा उपकरणको अनलाइन कारोबार गर्ने उद्देश्यले कम्पनी सञ्चालनमा छ ।

गत आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी तीन रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ ९० रुपैयाँ ३२ पैसा रहेको छ । कम्पनीको जगेडा कोष करिब ५ करोड ऋणात्मक छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?