+
+

डीप-फेक भिडियोबारे रश्मिकाले भनिन्– म युवतीहरुलाई आग्रह गर्न चाहन्छु चुप नलाग्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १७:४९

काठमाडौं । भारतीय अभिनेत्री रश्मिका मन्दानाले आफ्नो भाइरल भएको डीप–फेक भिडियोलाई प्रतिक्रिया दिएकी छन् । शुक्रबार प्रदर्शन तयारीमा रहेको आफू अभिनित ‘एनिमल’लाई भारतको हैदराबादमा आयोजित प्रवर्द्धन इभेन्टले यसबारे बोलेकी हुन् ।

उनले युवतीलाई डीप-फेकबाट सचेत रहन आग्रह गरिन् । यस्ता घटना सामान्य नभएकाले यसविरुद्ध सबैले आवाज उठाउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा उनलाई डीप–फेक भिडियोबारे प्रश्न गरिएको थियो । जवाफमा उनले भनिन्, ‘दक्षिणदेखि उत्तरी फिल्म उद्योगसम्मका मान्छे कतिपय मेरो समर्थनमा आए । यसले मलाई महसुस गरायो कि यसलाई सामान्य रुपमा लिनुहुँदैन । मानिसको समर्थनमा मैले सुरक्षित महसुस गरिरहेकी छु ।’

‘त्यसैले म हरेक केटीलाई भन्न चाहन्छु कि यो सामान्य होइन । जब कुनै कुराले तपाईलाई गहिरो असर गर्छ, तपाईं चुप लागेर बस्नु हुँदैन । जब तपाईं आफ्नो लागि उभिनुहुन्छ, मानिसले पनि तपाईंलाई समर्थन गर्छन् । हामी जहाँ बस्छौं यो एक अद्भूत देश हो,’ उनले भनिन् ।

सामाजिक सञ्जालमा हुने ट्रोलिङलाई कसरी व्यवस्थापन गर्ने भनेर रश्मिकालाई सोध्दा उनको जवाफ थियो,  ‘मलाई धेरै सपोर्ट मिलेको छ । म विश्वास गर्छु कि कुनै पनि अभिनेता, क्रिकेटर वा सार्वजनिक व्यक्तित्व मा निर्भर गर्दछ कि उक्त ट्रोललाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा ।’

नोभेम्बरको सुरुमा रश्मिकाको एउटा डीप-फेक भिडियो भाइरल भएको थियो । उक्त भिडियोमा एआई उपकरण प्रयोग गरेर रश्मिकाको अनुहारलाई इन्फ्लुएन्सर जारा पटेलको शरीरमा जोडिएको थियो । भिडियो यति स्पष्ट रूपमा डिपफेक थियो कि यसलाई हेरेपछि सबैलाई धोका भएको महसुस भयो ।

रश्मिकाको डीप–फेक भिडियो भाइरल भएपछि दिल्ली प्रहरीले उजुरी दर्ता गरेको छ । यससँगै प्रहरीले मेटा कम्पनी (फेसबुक–इन्स्टाग्राम)सँग अभिनेत्रीसँग सेयर गरिएको युआरएलको लोकेटेर समेत मागेको छ ।

रश्मिकापछि काजोल र आलिया भट्ट पनि डीप–फेकको शिकार बने । काजोलको कपडा फेरेको डीप–फेक भिडियो भाइरल भएको छ । यसपछि कट्रिना कैफको फिल्म टाइगर ३ को एउटा तस्वीर सार्वजनिक भएको थियो जसमा छेडछाड भएको थियो ।

डीप-फेक एक हिसाबले नक्कली भिडियो हो, यद्यपि यसमा अनुहार, आवाज वा अभिव्यक्तिलाई एआई उपकरण प्रयोग गरेर यति सूक्ष्म रूपमा परिवर्तन गरिन्छ कि वास्तविक र नक्कली छुट्याउन गाह्रो हुन्छ । एआई (आर्टिफिसियल इन्टेलिजेन्स) उपकरणको आगमनसँगै डीप–फेक भिडियोको घटना बढेको छ, किनभने यी उपकरणमार्फत भिडियो सजिलै सम्पादन गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?