+
+

एनसेलद्वारा लघु चलचित्र प्रतियोगिताका विजेता पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १९:५९

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले तिहारको भाइटीकालाई लक्षित गरी आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई पुरस्कृत गरेको छ ।

मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहका बीच प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा १८ वर्षीय सजिल बस्नेत र उनको समूहले निर्माण गरेको लघु चलचित्रले प्रथम बन्दै १ लाख नगद पुरस्कार जित्न सफल भएको एनसेलले जनाएको छ ।

सन्तोष शाक्य र उनको समूहले फस्ट रनरअपका रुपमा विजयी बनेर ७५ हजार नगद पुरस्कार जितेको छ भने १६ वर्षीय प्रयत्न थापा र उनको समूहले सेकेन्ड रनरअप बनेर ५० हजार नगद पुरस्कार जित्न सफल भएको छ ।

प्रतियोगितामा सहभागिता जनाएका लघु चलचित्रहरुमा प्रतियोगीहरुले आ–आफ्नै भिन्न शैलीमा कथाहरु पस्किएका थिए ।

एनसेलका अनुसार मनोज भेले र अवेनिस थापालाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको छ । प्रकाश नगरी र उनको समूहलाई शीर्ष ५ लघु चलचित्रमा पर्न सफल भएकोमा पुरस्कार प्रदान गरिएको एनसेलले बताएको छ ।

एनसेल लघु चलचित्र प्रतियोगिताले सिर्जनशील फिल्म निर्माताहरूलाई उनीहरुका काम र प्रतिभालाई आम दर्शक सामु पुर्याउने अवसर प्राप्त गर्ने एनसेलको भनाइ छ ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले विजेता सहभागीले आफ्नो नयाँ पहिचानका साथ राम्रो काम गर्न सक्ने बताए ।

एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले स्थानीय प्रतिभाहरूलाई समर्थन गर्नु आफूहरुको जिम्मेवारी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?