+
+

निफ्राले बोलायो वार्षिक साधारणसभा, नगद लाभांश पारित हुने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते ९:२४

१५ मंसिर, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पुस १७ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।

गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुनेछ ।

त्यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु छनोट गर्न निर्वाचन समेत हुने बैंकले एक सूचनामार्फत जनाएको छ ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने, गत आर्थिक वर्षको वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह स्थिति लगायतका विवरणमाथि छलफल गरी सभाले पारित गर्ने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?