+
+

सेजनबाट ५ विधामा ६ जना पत्रकार पुरस्कृत, एक जनालाई लेखनवृत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १५ गते १५:१०

१५ मंसिर, काठमाडौं । आर्थिक पत्रकार समाज नेपाल (सेजन)ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्ड यस वर्ष कान्तिपुर दैनिकका पत्रकार मातृका दाहाल र देवेन्द्र भट्टराईले संयुक्त रुपमा पाएका छन् । यो अवार्ड एक लाख रुपैयाँ पुरस्कार राशिको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा लेखिएको समाचारलाई १ लाख राशिको उक्त अवार्ड प्रदान गरिएको हो ।

क्लिकमान्डुका राजेश बर्माले सेजन डिजिटल मिडिया अवार्ड प्राप्त गरे । जसको राशि ५० हजार रुपैयाँ रहेको छ । भोला चालिसे लिवरल जर्नालिजम् अवार्ड हिमालखबरका रमेशकुमार न्यौपानेलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ ।

सेजन छापामाध्यम अवार्ड नयाँ पत्रिकाकी मुना कुँवरलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ । यस्तै सेजन ब्रोडकाष्ट अवार्ड उज्यालो रेडियोका अर्जुन पोखरेललाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि ५० हजार रुपैयाँको हो ।

त्यस्तै एक लाख राशिको स्व.सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार कान्तिपुर दैनिकका यज्ञ बन्जाडेलाई प्रदान गरिएको छ । कार्यक्रममा सेजनले हरेक वर्ष प्रकाशन गर्ने ‘अर्थनीति सेजन म्यागेजिन २०८०’ सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?