+

एनएसएल २०२३ : ‘डु अर डाई’ म्याचमा पुछारका इलाम र वीरगञ्ज भिड्दै

२०८० मंसिर  २७ गते ७:५९ २०८० मंसिर २७ गते ७:५९
एनएसएल २०२३ : ‘डु अर डाई’ म्याचमा पुछारका इलाम र वीरगञ्ज भिड्दै

२७ मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज स्पोर्टिङ इलाम र वीरगञ्ज युनाइटेडबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ पाँच बजे सुरु हुनेछ ।

यस सिजन थपिएका यी दुई नयाँ टोलील अंक तालिकामा भने पुछारमा छन् । त्यसैले शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने हो भने दुवैका लागि आजको खेल ‘डु अर डाई’को अवस्थामा छ ।

पाँच खेलबाट एक जित र एक बराबरी नतिजामा ४ अंक जोडेको इलाम आठौं स्थानमा छ । इलामले तीन खेलमा हार बेहोरेको छ ।

इलामलाई प्लेअफको सम्भावना कायम राख्न आज जित आवश्यक छ । पराजित भएमा इलामको सम्भावना लगभग सकिनेछ ।

उता यस सिजन जितविहीन एक्लो टोली वीरगंज युनाइटेडो चार खेलबाट दुई बराबरी र दुई हारको नतिजाबाट दुई अंक मात्र छ ।

आजको खेलमा पराजित भए वीरगंज प्लेअफ होडबाट बाहिरिनेछ ।

एनएसएल नेपाल सुपर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय