+
+

‘प्लस साइज मोडेल’को रुपमा विश्वब्यापी चर्चाबीच काठमाडौं आइपुगिन् जेन दीपिका

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १५:१२

काठमाडौं । ‘प्लस साइज मोडल’को रुपमा एकाएक विश्व चर्चित बनिन् जेन दीपिका ग्यारेट । मिस युनिभर्सले यी सुन्दरीलाई एकाएक अन्तर्राष्ट्रिय मिडियाको हेडलाइन बनायो ।

नाम चलेका विश्व प्रतिष्ठित संचारमाध्यमले दीपिकामाथि शब्द खर्चिए । खासगरि, उनको शरिरको आकारले सौन्दर्य मापदण्डको परम्परागत मान्यतालाई चुनौति दिएको विश्लेषण भए ।

मिस युनिभर्सको स्टेजमा उनले कीर्तिमान पनि रचिन्- पहिलो प्लस साइज मोडेलको रुपमा । उत्कृष्ट २० भित्र पनि समावेश पनि भइन् । एल साल्भाडोरका राष्ट्रपति त भेटेरै दीपिकालाई बधाई दिए । प्रतिस्पर्धा सकिएपछि उनी न्यूयोर्क पुगिन् जहाँ उनले आकर्षक फोटोसुट पनि गरिन् ।

उनै दीपिका मंगलबार काठमाडौं उत्रिएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचेतनाका निर्देशक सरोज ओझाले राष्ट्रिय झण्डा ओढाएर र फूलमाला लगाइदिएर उनलाई स्वागत गरे । विन्टर लङकोटमा दीपिका आकर्षक देखिएकी थिइन् ।

उनको स्वागतमा परिवारका सदस्य र शुभेच्छुक काठमाडौं एयरपोर्ट पुगे । निर्देशक ओझाले दीपिकालाई स्वागत गर्दै उनले नेपालको नाम विश्व सामु चर्चामा ल्याउन सफल भएकामा धन्यवाद दिएका थिए ।

दीपिकाले नेपाल आइपुगेपछि संक्षिप्त प्रतिक्रिया दिदइन् । ‘मिस युनिभर्स’जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुन पाउँदा आफूलाई गर्व महशुस भएको उनले बताइन् ।

उनले ‘प्लस साइज मोडल’को रूपमा अन्तर्राष्ट्रिय मिडियामा आफूले पाएको चर्चा र नेपाली मिडियाले दिएको स्थानको सम्मान गर्न चाहेको जनाइन् । २३ वर्षिया उनले मानसिक स्वास्थ्य, सकारात्मक सोच र हर्मोनल स्वास्थ्यको पक्षमा आफ्ना धारणा राख्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?