
महराजगञ्जामा पनि ‘हेयर एन्ड शान्ति युनिसेक्स सलुन’ सञ्चालनमा आएको छ । केस सज्जा एवं सौन्दर्य सेवामा अग्रणी मानिने हेयर एन्ड शान्तिको यो बाह्रौं शाखा हो ।
महाराजगञ्जस्थित भाटभाटेनीको सम्मुखमा हेयर एन्ड शान्ति सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक अनुजा श्रेष्ठले बताइन् । ‘पोखरापछि हामीले महाराजगञ्जमा नयाँ शाखा विस्तार गरेको हौं’ प्रबन्ध निर्देशक श्रेष्ठले भनिन्, ‘यहाँबाट पनि अन्य ठाउँहरुमा जस्तै सम्पूर्ण सेवा उपलब्ध हुनेछ ।’
हेयर कटिङ, कलरिङ, केराटिन, फेसियल, मेनिक्योर–पेडिक्योर, नेल आर्ट, हाइड्रा फेशियल जस्ता सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा यस शाखाबाट उपब्ध हुने बताइन्छ । हेयर एन्ड शान्तिले लोरेल, म्याट्रिक्स, लोटस, क्स्मारा, अरोमा, एडो, प्रोटेक जस्ता ब्रान्डेड सौन्दर्य प्रशाधन प्रयोग गरेको छ ।
दक्ष एवं अनुभवी हेयर स्टाइलिस्ट, मेकअप आर्टिस्टलगायत गुणस्तरिय सेवा सुविधाका लागि हेयर एन्ड शान्ति सेवाग्राहीको रोजाइ बन्दै आएको छ । सेवाग्राहीको मागलाई ध्यानमा राखेर नै यसको शाखाहरु विस्तार गरिएको प्रबन्ध निर्देशक श्रेष्ठले बताइन् ।
काठमाडौं लगायत मुलुकको प्रमूख शहरहरुमा हेयर एन्ड शान्तिको शाखा सञ्चालनमा छ । भारतको दिल्लीस्थित साउथ एक्सबाट सुरु सने २००१ मा सुरु भएको हेयर एन्ड शान्तिले नेपालमा भने काठमाडौंको कमलादीबाट आफ्नो शाखा विस्तार गरेको हो । भारतमा यसको १२ वटा स्टोर सञ्चालनमा छ ।
काठमाडौंको कमलादी पछि जावलाखेल, ठमेल, नक्साल हुँदै नारायणघाट, चितवनलगायतमा हेयर एन्ड शान्तिको शाखा सञ्चालनमा छ ।
प्रतिक्रिया 4