+

एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

२०८० पुष  २९ गते १३:५० २०८० पुष २९ गते १३:५०
Shares
एकै महिनामा दुईपटक महिनावारी, कुनै रोगको संकेत हो ?

प्रायजसो २८ दिनको अन्तरमा महिनावारी हुन्छ । यद्यपि २१ देखि ३५ दिनभित्र नियमित रुपमा महिनावारी हुनु सामान्य मानिन्छ । तर कहिलेकाहीं छोटो अवधिमै महिनावारी दोहोरिन सक्छ ।

जस्तो, महिनावारी भएको १० दिन नबित्दै अर्को महिनावारी सुरु हुन्छ । यसले उनीहरुलाई झन्झटिलो मात्र बनाउँदैन, आशंका पनि पैदा गरिदिन्छ– ‘किन यति छिटोछिटो महिनावारी भइरहेको छ ?’

यसरी असामान्य रुपले छोटो अवधिमा महिनावारी दोहोरिनुलाई सामान्य मानिंदैन । यस्तो किन हुन्छ त ?

एउटा मात्र कारण छैन । विभिन्न कारणले एकै महिनामा महिनावारी दोहोरिन सक्छ ।

पाठेघरमा संक्रमण

ब्याक्टेरिया योनीबाट महिलाको अंगभित्र भएर पाठेघरमा संक्रमण हुन्छ, जसलाई पेल्वभक इन्फ्लामेटरी डिजिज (पीआइडी) भनिन्छ । यसमा योनी सुन्निने र दुख्ने हुन्छ । साथै यसमा अनियमित रक्तश्राव हुने गर्छ ।

र्मोन डिसअर्डर

महिलाको शरीरमा हार्मोनको कारण महिनावारी गडबड हुने गर्छ । महिलाको डिम्बाशयले उत्पादन गर्ने हार्मोन इस्ट्रोजन, प्रोजेस्टेरोन वा टेस्टोस्टेरोनको घटबढका कारण पाठेघरको भित्री तह (इन्डोमेट्रियम)मा पर्ने प्रभावले गर्दा महिनामा दुई पटक रगत बग्ने हुन्छ । थाइराइड हार्मोन कम वा बढी भएमा पनि महिनावारी नियमित हुँदैन । जसले गर्दा महिनामा दुई पटक महिनावारीको समस्या देखिन्छ ।

पाठेघरमा ट्युमर पलाएमा

पाठेघरभित्र ट्युमर पलाएको अवस्थामा पनि महिनावारी अनियमित हुनसक्छ । यसलाई मेडिकल भाषामा ‘युटेराइन फाइब्राइड’ भनिन्छ । महिनावारीको बीचबीचमा रगत बग्ने, धेरै रक्तश्राव हुने गर्छ । त्यस्तै पाठेघरको मुखमा मासु पलाएमा अनियमित रक्तस्राव हुने गर्छ । शरीरमा इस्ट्रोजोन हार्मोन बढी भयो भने पाठेघरमा मासु पलाउन सक्छ ।

पीसीओडी (पोलिसिटिस्क ओभरियन डिजिज)

महिलाको डिम्बाशयले अनियमित हार्मोन उत्पादन गर्दा डिम्बहरु निष्कासन हुन गाह्रो हुन्छ । यस्तो परिस्थितिमा महिनावारी ढिला हुने वा बीच-बीचमा पाठेघरबाट रगत जाने हुन्छ । यो रोगले नि:सन्तान हुने जोखिम पनि बढाउँछ ।

गर्भावस्था

गर्भधारण गरेको २० हप्ताभित्र थोरै-थोरै रगत बग्न सक्छ । कसैको भने गर्भधारण हुने बखतमा हल्का रक्तस्राव हुन सक्छ, जसलाई ‘इम्प्लान्टेसन ब्लिडिङ’ भनिन्छ । प्रोजेस्टोरोन हार्मोनको अभाव भएमा, ब्लाइटेड ओभम (भ्रूणरहित गर्भ बस्दा), थ्रेटेन्ड एबोर्सन (गर्भावधिको सुरुवाततिर दखल पुग्दा) आदिमा पनि बीच समयमा रगत बग्न सक्छ । यसबेला आराम र औषधिको जरुरी हुन्छ ।

गर्भनिरोधक चक्कीको असर

नियमित रुपमा सेवन गर्नुपर्ने अस्थायी परिवार नियोजन चक्की बीचमा खान छुटेमा, पटक-पटक आपतकालीन गर्भनिरोधक चक्कीको सेवनले पनि महिनावारी गडबडी हुन्छ ।

रजोनिवृत्ति

महिलाहरूको मासिक चक्र (महिनावारी) रोकिनुलाई रजोनिवृत्ति (मेनोपज) भनिन्छ । महिलाको उमेर ४० वा ५० वर्ष पार भइसकेपछि महिनावारी रोकिन्छ । यसरी रजोनिवृत्ति हुने बेला महिनावारी गडबडी हुन जान्छ । कहिले पटक-पटक महिनावारी हुने त कहिले लामो समयसम्म महिनावारी रोकिने गर्छ ।

त्यस्तै महिनावारी अनियमित हुनुमा अर्को कारण हो, तनाव । अत्यधिक तनावबाट गुज्रिरहेको महिलाको पनि महिनावारी नियमित हुँदैन । त्यसैले महिनावारी गडबडी भएमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनु जरुरी हुन्छ ।

डा. मीना प्रधान महिनावारी
डा. मीना प्रधान
लेखक
डा. मीना प्रधान
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

डा. प्रधान प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको  बसुन्धारास्थित कान्तिपुर डेन्टल अस्पतालमा कार्यरत छिन् । उनले प्रसूति तथा स्त्रीरोगमा एमडी गरेकी छन् । प्रधानको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ६९५६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

कुन अवस्थामा घातक बन्न सक्छ कोठी ?

कुन अवस्थामा घातक बन्न सक्छ कोठी ?

स्वस्थ रहन अरूलाई दिएका सुझाव डाक्टर आफैँ कत्तिको पालना गर्छन् ?

स्वस्थ रहन अरूलाई दिएका सुझाव डाक्टर आफैँ कत्तिको पालना गर्छन् ?

स्वास्थ्य क्षेत्र सुधारमा सक्रिय रहेको भन्दै अमेरिकाबासी नेपालीले गरे स्वास्थ्य मन्त्री पौडेलको प्रशंसा

स्वास्थ्य क्षेत्र सुधारमा सक्रिय रहेको भन्दै अमेरिकाबासी नेपालीले गरे स्वास्थ्य मन्त्री पौडेलको प्रशंसा

‘अहिलेको दूषित वायुले गर्भको बच्चा पनि जोखिममा छन्’(भिडियो)

‘अहिलेको दूषित वायुले गर्भको बच्चा पनि जोखिममा छन्’(भिडियो)

न्यूयोर्कमा रहेका  स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता

न्यूयोर्कमा रहेका स्वास्थ्य मन्त्री पौडेलले गरे माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी पढाउन वार्ता

भोक लागेपछि खानु उचित कि भोक लाग्नुअघि ?

भोक लागेपछि खानु उचित कि भोक लाग्नुअघि ?