+

लुम्बिनीलाई कोशीले दियो १७३ रनको मध्यम लक्ष्य

२०८० माघ  १६ गते १२:४९ २०८० माघ १६ गते १२:४९
लुम्बिनीलाई कोशीले दियो १७३ रनको मध्यम लक्ष्य

१६ माघ, काठमाडौं । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई १७३ रनको मध्यम लक्ष्य दिएकोछ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ४४.४ ओभरमा १७२ रनमा अल आउट भयो ।

कोशीका ओपनर तथा कप्तान अंकित सुवेदीले ६५ बलमा ९ चौकासहित सर्वाधिक ४९ रनमा आउट भए । सौजन घिमिरे ६९ बलमा २ चौका र २ छक्कासहित ४३ रनमा आउट भए ।

मिनाश थापा ३४ बलमा ५ चौकासहित २५, समिर कार्की शून्य, आशिष भट्टराई १०, सोनु अन्सारी १७, फिर्दोस अन्सारी ४, भुपाल लुइटेंल ५ र कमल खत्री शून्य आउट भए ।

लुम्बिनीका नर सार्कीले १० ओभरमा २ मेडनसहित ३८ रन खर्चेर ४ विकेट लिए । अभिषेक गौतमले १० ओभरमा २ मेडनसहित ३१ रन खर्चेर २ विकेट लिए ।

वीर मगरले ७.४ ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । कृष्ण कार्कीले १ विकेट लिए । कोशी ८ खेलमा सबै खेलमा हारका साथ पुछारमा छ । लुम्बिनी ७ खेलमा २ अंकका साथ नवौं स्थानमा छ ।

प्रधानमन्त्री कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय