+
+

साहारा सहकारी पीडितलाई उजुरी दिन चितवन प्रहरीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १७:०७
जीबी राई र साहारा चितवन बहुउद्देश्यीय सहकारीको भरतपुर कार्यालय ।

१९  माघ, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई उजुरी दिन सार्वजनिक सूचना जारी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक श्रीराम भण्डारीले एक सूचना जारी गर्दै १५ दिन भित्र पीडितहरुले उजुरी दिन अनुरोध गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नं. ०३ लायन्सचोकमा केन्द्रीय कार्यालय रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयका पदाधिकारी, सेवा केन्द्र टाँडी र पर्सा शाखाका संस्थापक अध्यक्ष, कार्य समितिका पदाधिकारी र व्यवस्थापकसमेतले सहकारीमा आवद्द रहेका निक्षेपकर्ताहरुको रकम ठगी गरेको कसुरमा जाहेरी आउने क्रम जारी रहेको भन्दै प्रहरीले उजुरी दिन छुटेका निक्षेपकर्तालाई १५ दिन भित्र उजुरी दिन भनेको हो ।

प्रहरीले सहकारीका पदाधिकारी तथा व्यवस्थापक विरुद्धको ठगी कसुरमा अनुसन्धान भैरहेको जनाएको छ ।

सहकारी संस्था लिमिटेडका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) बचतकर्ताको ८५ करोड रकम हिनामिना गरी फरार भएका छन् ।

उक्त सहकारीबाट राईले अर्को संस्थालाई ४१ करोड रूपैयाँ बिनाधितो ऋण दिएको भेटिएको छ । उनी आफैंले एक करोड ७३ लाख चार हजार ६९१ रूपैयाँ गैरकानुनी रुपमा झिकेका छन् ।

जीवी ग्रुप अफ कम्पनीले एक करोड ४० लाख, नेचर हर्ब इन्टरनेसनल कम्पनीले नौ करोड ३८ लाख ८३ हजार र नेचर वेस्ट कम्पनीले ५ करोड ३१ लाख रूपैयाँ सहकारीबाट लगेको देखिइएको प्रहरीले जनाएको छ ।

बचत डुबेपछि बचतकर्ताले २०७९ चैतमा संघर्ष समिति बनाएर रकम पाउनुपर्ने भन्दै संर्घष गर्दै आएका छन् । जिल्ला अदालत चितवनले गत असोज २९ गते जीबी राईसहित ११ जनाविरुद्ध पक्राउ गर्न आदेश जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?