+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकारबाट आशा गर्ने ठाउँ छैन, यही कारण विदेश जानेहरु बढेका हुन् : पदम गिरी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १३:११

२४ माघ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान सरकारबाट नेपाली जनताले आशा गर्ने कुनैपनि ठाउँ नरहेको आरोप लगाएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले नेपाली जनताले सरकारबाट आशा गर्ने ठाउँ गुमाएकाले युवाहरु विदेश पलायन हुने क्रम बढेको जिकिर गरे ।

‘…नेपालको राजनीतिक नेतृत्वबाट यो वर्तमान सरकारबाट जनताले कुनै आशा गर्ने ठाउँ भेटिराखेको अवस्था छैन । त्यही कारणले आफ्नो आत्मविश्वास गुमाएर युवाहरु देश छोडेर विदेश भाग्ने क्रम सुरु भएको छ’, उनले भने, ‘जसरी एउटा रुख सुक्यो भने त्यसमा रहेका चराहरुले त्यो रुख छोडेर अर्को हरियो रुखतिर जान्छन् । त्यस्तै गरेर यो देशमा मेरो भविष्य छैन भन्ने ठानेर मान्छे पलायन हुनुपर्ने ठाउँमा अहिले परिस्थिति पुगेको छ ।’

विगत एक वर्षको अवधिमा सरकारले नेपाली जनतालाई असल कानुन र नीति दिन नसकेको समेत गिरीले बताए । उनले पछिल्लो एक वर्षमा संसद पनि प्रभावकारी हुन नसकेको बताए ।

‘जुन ढंंगले संसदमा सघन र घनिभूत ढंगले छलफल हामीले गर्नुपर्थ्यो र नेपाली जनतालाई हामीले असल नीति दिने, असल कानून दिने काममा हामी जसरी प्रभावकारी ढंगले चलाउन सक्नुपर्दथ्यो । विगतमा हामी चुक्यौं’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?