+
+

सवारी साधन दुर्घटना न्युनीकरणमा छलफल गर्न रास्वपाको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते १६:५३

२४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी साधन दुर्घटना न्युनीकरणका लागि संसदमा छलफलका गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ ।

सडक सुरक्षा परिषद्लाई क्रियाशील बनाउनका निम्ति छलफलको आवश्यकता रहेको रास्वपाले जनाएको छ । ‘सडक सुरक्षा सम्बन्धी राष्ट्रिय लक्ष्य, उद्धेश्य, नीति तथा रणनीति बनाई दुर्घटना न्युनीकरण गर्ने उद्धेश्यले तत्कालीन मन्त्रिपरिषद्ले २०७३ पुसमा सडक सुरक्षा परिषद गठन गरेको थियो । तर, त्यसपछि परिषद सञ्चालनका लागि न कानुन बन्यो, न बजेट नै विनियोजन भयो,’ संसदमा रास्वपाले दर्ता गरेको सार्वजनिक महत्वको प्रस्तावमा भनिएको छ ।

विद्यमान कानुनमा दिगो, सुरक्षित, जोखिममुक्त र भरपर्दो यातायात सञ्चालन र सुरक्षा प्रणालीको विकासका लागि आवश्यक पर्ने दूरदृष्टि र उद्धेश्यको अभाव रहेको उल्लेख गर्दै रास्वपाले छलफल आवश्यक रहेको जनाएको छ ।

रास्वपाले संसदमा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?